🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जागिर लगाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, २० पुस (रासस) : नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर रिडर पदमा आवेदन दिएकामध्ये केही आवेदकसँग सप्तरी बलान विहुल गाउँपालिका घर भएका जयप्रकाश दास र सिराहा भगवानपुर घर भएका अशोककुमार मुखियाले सम्पर्क गरी जागिरमा नाम निकालिदिने भन्दै रु १० लाख लिएर सम्पर्कविहीन भएका थिए । 

दासले आफू श्रम मन्त्रालयको कर्मचारी भएको तथा विद्युत् प्राधिकरणका महाप्रबन्धकलगायत ठूला कर्मचारीलाई आफूले चिनेको भन्दै आफ्नो बैंक खातामा रु १० लाख जम्मा गर्न लगाइ फरार भएका थिए । 

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले मुखिया र दासलाई पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि काठमाडाँै जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप भएको जनाएको छ । 

यी दुई अभियुक्तले अन्य चार जना व्यक्तिलाई समेत ठगी गरेको भनी महाशाखामा जाहेरी दिन आएको भन्दै प्रहरीले अन्य पीडित पनि ठगेको हुनसक्ने भएकाले अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । 

उनीहरुउपर मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार पाँच वर्षसम्म कैद र बिगो भराइ बिगोबमोजिम जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । 
–––