🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मध्यपुर नगर  भदौ ९  सम्म लकडाउनः अस्पताल सिल

भक्तपुर, ३१ साउन (रासस) : मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि  लकडाउन गरिएको छ  । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितकोे आज साँझ बसेको आकस्मिक बैठकले मध्यपुर थिमि नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

 नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस सङ्क्रमण भएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको छ । बैठकपछि  नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्था देखेर   भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । 

नगरपालिकाले अत्यावश्यक खाद्य पदार्थ, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने तथा अन्य व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेकोे छ ।

लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी तथा राधेराधेदेखि पश्चिमतर्फ जडिबुटी मनोहरा पुलसम्म कुनै सवारी साधनले मान्छे चढाउन र ओराल्न नपाउने निर्णय भएको छ । 

नगरपालिकाले सङ्घीय सरकारलाई अरनिको राजमार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाउन पनि माग गरेको छ । तत्कालका लागि अरनिको राजमार्गमा कुनै सवारी साधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउनको निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।  नगरपालिका क्षेत्रभित्र कुनै पनि सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ । 

     त्यसैगरी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आज सिल गरिएको छ । अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।  अस्पतालमा कोरोना सङ्क्रमित भेटिएपछि आकस्मिक कक्षबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो । 

सङ्क्रमित नर्स तथा कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिएको र कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनुभयो । आजसम्म भक्तपुरमा १२४ कोरोना सङ्क्रमित भइसकेका छन् ।