🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चित्रबहादुर केसीको पार्टीमा ‘कू’, कोही निष्कासित, केही बढुवा 

काठमाडौं । विश्वव्यापी रूप लिएको कोरोनाले देश आक्रान्त छ । देश महामारीको चपेटामा परे पनि सानादेखि ठूला दलमा अन्तरकलह चुलिएको छ । लाग्छ– अहिलेको मौसम नै झगडाको हो । 
 

ठूला दलको घर झगडा पर्ख र हेरको अवस्थामा रहे पनि चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाभित्र भने ‘कू’ नै भएको छ । जनमोर्चाले कोषाध्यक्ष ओमबहादुर केसीलाई पदबाटै बर्खास्त गरेको छ । ०७७ साउन २६ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले केसीलाई कोषाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाउने निर्णय गरेको जनमोर्चाले विज्ञप्तिमार्फत जनाएको छ । 

एउटा केसीले अर्को केसीमाथि कारबाही गर्दै उनको ठाउँमा हिमलाल पुरीलाई चयन गरेका छन् । पुरी यसअघि जनमोर्चाको सचिव थिए । सचिव र सचिवालय सदस्यको सदस्यको जिम्मेवारी भने डम्मर पुरीलाई दिइएको छ ।