🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सडक पाइलटसँग अन्तरंग : सेनाको जागिरले म सन्तुष्ट छु : हरि विष्ट

(नेपाली सेनाको जागिर छाडेर सार्वजनिक यातायात चलाउन थालेका सडक पाइलट हरि विष्ट आफूले गरिरहेको ‘पेशाको सम्मान गरौं’ भन्छन् । बा २ ख ९५६३ नम्बरको गाडीका स्वरोजगार विष्ट यो पेशाबाट कहिल्यै असन्तुष्ट हुन नपरेको बताउँछन् । ४७ वर्षीय हरिले सेनाको जागिर छाडेर किन आए त सार्वजनिक यातायात चलाउन । हाल काठमाडौंको काँडाघारी बस्ने हरिको जन्मथलो भने ओखलढुंगामा हो । सेनाको जागिर खाँदा भोगेका अनुभव र अहिलेको सडक पाइलटको जिन्दगी यसरी खोलेका छन् विष्टले सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिसँग–सम्पादक)

० गाडी चलाउन थालेको कति भयो ?
–२५ वर्षदेखि चलाइरहेको छु । 

० सीधै चलाउनु भयो कि ढोकामा पनि बस्नुप¥यो ?
–सीधै चलाएको हुँ । 

० आफै गाडी किनेर ?
–हो । आफै किनें स्वरोजगार भएरमात्र चलाउन थालेको । २०६८ सालदेखि हो स्वरोजगार भएर चलाएको । 

० त्यसअघि ?
–त्यसअघि म नेपाली सेनामा थिएँ । सेनामा पनि गाडी नै चलाउँथें । 

० कहिलेसम्म खानुभयो सेनाको जागिर ?
–२०४९ देखि ६७ सालसम्म खाएँ । अनि पेन्सन पाकेर छाडें । 

० सेनामा के चलाइयो नि ?
–बढी त ट्रक नै चलाइयो । 

० सशस्त्र द्वन्द्वमा कतै परिएन ?
–परिएन त्यस्तो । जान त दाङतिर पनि बसियो । तर त्यस्तो अप्ठेरो परेन । 

० कस्तो हो नि सेनाको जागिर ?
–सेनाको जागिरले म सन्तुष्ट छु । 

० शान्ति सेनामा पनि जानुभयो ?
–गएँ नि । तीन पटक गएँ । दुई पटक लेबनान गएँ । एक पटक हाइटी गएँ । 

० कस्तो थियो नि काम गर्न ?
–विदेशमा राम्रो थियो । सिष्टममा चल्नुपर्ने हुन्थ्यो । बाटोघाटो सही हुन्थे । 

० शान्ति मिसनमा कुनै आक्रमणमा परियो कि ?
–परिएन । नेपाली सेना भनेपछि आक्रमण हुन्थेन । नेपाली सेना भए पनि गोर्खालीको नाम भएकाले नेपाली सेनाको पनि मान बढी नै छ । 

० कति छन् नि सन्तान ?
–एक छोरा एक छोरी ।

 
० छोरीछोरा पनि सेनातिर जालान् कि ?
–सेनामा मन लगाएका छैनन् । आफू गाउँबाट आएकाले मन गरियो । उनीहरूले रुची नै राखेका छैनन् । 

० सेनाको रवाफमा बसेको मान्छे लोकल गाडीलाइनमा आउँदा कस्तो लागेको छ ?
–गाडीलाइन ठीक छ । सहनशीलता हुनुप¥यो । आफू अनुसारले हुने हो । 

० मान्छे चाहिँ कस्ता छन् नि यो लाइनमा ?
–हजार जनासंग डिल गर्नुपर्छ । १–२ जना नराम्रा त जहाँ पनि भइहाल्छन् नि । 

० यो पेशा कस्तो लाग्छ ?
–म सन्तुष्ट छु । आफूले गरेको पेशा नराम्रो भन्नै मिलेन नि । 

० सहायकहरू अलि ठीक छैनन् भन्छन् नि ?
–खलासीहरू त्यति ठीक छैनन् । नराम्रो बोल्छन् । अहिलेका केटाहरूको सहनशीलता छैनन् । खान्की खरावी हो कि । विषादी खान्कीले होला खै अच्चम लाग्छ ?  

० कहिलेसम्म चलाउनु हुन्छ नि गाडी ?
–सकुन्जेल चलाउँछु । 

० लकडाउनमा के गरियो नि ?
–घरमै बसियो । आराम गरियो । 

० नचलाउँदा पनि समस्या भएन नि ?
–भएन मलाई त । तर किस्ता तिर्नेलाई समस्या प¥यो ।

 
० लकडाउन खुलेपछि चलाउँदा कस्तो भइरहेको छ ?
–अहिले नाफा घाटा भन्दा पनि सेवा जस्तो मात्रै हो । इन्जिन मिलाउन पनि गाडी चलाउनु ठीक हो । मेन्टेनेन्स बढी निस्कन्छ । फाइदा नभए पनि चलाउनु पर्छ । 

० कोरोनाका संक्रमित बढिरहेका छन् । अहिले गाडी चलाउनु ठीक हो र ?
–सरकारले लगाएको लकडाउन मिलेन । लकडाउन त अहिले हुनुपर्दथ्यो । पहिले अलि छिटो ग¥यो लकडाउन । अब त लगाउनै पर्छ । 

० जनताले दुःख पाए भनेर होला नि ?
–लकडाउनभर राज्यले तेल हालेर गाडी चलाउनु पर्दथ्यो । अहिले बेरोजगार बढी छन् । यही बेलामा भाडा बढाएको छ । तेलको भाउ बढेको छ । यो अमिल्दो भयो । जनता पनि महङ्गीको चपेटामा परे ।