🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हुम्लामा अज्ञात रोगले ५० पशुवस्तु मरे

सिमकोट । एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, ¥याल छोड्ने रोगले अहिलेसम्म छ भैँसी, छ दुहुनागाई र अन्य पशुवस्तु मरेको चंखेली–२ भट्टेबाडाका वृष धितालले जानकारी दिनुभयो । “असार २० पछि फैलिएको उक्त रोगले अहिलेसम्म चंखेलीको दार्मा, मिमी, भट्टेबाडालगायत क्षेत्रका कृषकका ५० भन्दा बढी पशुवस्तु मरेको खबर हामीले पाएका छौँ”, धितालले भन्नुभयो, “अधिकांश पशुवस्तु अहिले जङ्गलतिर खर्क लिने चलनले पनि अन्य मरेका पशु वस्तुको बारेमा यकिन विवरण आउन बाँकी छ ।”

    विभिन्न गाउँमा १०० भन्दा बढी पशुवस्तु बिरामी परेका छन् । गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि कोही पनि पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको छ । असार मसान्त लागेसँगै गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुलाई तत्काल उपचार गर्ने व्यवस्था भएको स्थानीय पदबहादुर सिंहले बताउनुभयो । “गाउँगाउँबाट पशु बिरामी भएको खबर आउने गरेको छ”, सिंहले भन्नुभयो, “औषधिका लागि जाँदा पशु शाखाको ढोका बन्द भएकाले रित्तो हात फर्किनुपरेको छ ।”  

    पशु स्वास्थ्य कार्यालय हुम्लाले चंखेली गाउँपालिकाका पशुवस्तुमा अज्ञात रोग फैलिएको खबर आएकाले तत्काललै पशु स्वास्थ्यकर्मीलाई औषधिसहित पठाउने काम भएको बताएको । गाउँपालिकाले पशुको औषधि खरिद नगरेकाले जिल्लाबाटै पठाउनुपर्ने हुँदा केही ढिला जस्तो भएको कार्यालय ज्ञानेन्द्र सिंह बुढथापाले बताउनुभयो । उहाँले तत्कालै पशु स्वास्थ्यकर्मीको टोली पठाएर पशुमा फैलिएको अज्ञात रोगलाई नियन्त्रण गर्ने काममा लागेको उल्लेख गर्नुभयो ।