🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या १६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ  । गत २४ घण्टामा भारतका ५५ हजार ७९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १६ लाख ३८ हजार ८७१ पुगेको त्यहाको केद्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७९ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३५ हजार ७४७ जना पुगेको छ ।

सरकारी अधिकारीका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये दश लाख ५७ हजार ८०६ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख  ४५ हजार ३१८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।
  

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ४५४ जना सङ्क्रमित अवस्थामा नै रुहेका छन् भने १४ हजार ७२९ व्यक्तिको मृत्यु भइसकेको छ । 

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा  ५७ हजार ९६२ सङ्क्रमित अवस्थामा रहेका छन् भने ३ हजार ८३८ जनाको मृत्यु भएको छ । 

राजधानी सहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ७४३ जना सङ्क्रमित अवस्थामा रहेका र ३  हजार र ९३६ जनाको मृत्यु भइसेकेको छ ।