काठमाडौं । काठमाडौं उपत्यकाका ३ सय ५० स्थानीयमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, संक्रमितमध्ये २१० पुरुष र बाँकी महिला छन् ।
काठमाडौं उपत्यकामा संक्रमित हुनेको कुल संख्या भने ५ सय ७३ छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डे काठमाडौँ उपत्यका जस्तो उच्च जनघनत्व बढी भएको ठाउँमा सङ्क्रमण फैलिए जटिल समस्या आउन सक्ने बताउँछन् । त्यसैले उनले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरे ।



