काठमाडौं । काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रहरी कार्यालय केन्द्र मातहत राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी समायोजनसम्बन्धी समन्वय समितिका पदाधिकारीबीच बुधबार भएको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै, प्रहरी समायोजनसम्बन्धी प्रस्ताव पनि स्वीकृत भएको छ । प्रदेश प्रहरी कार्यालयको नेतृत्व डीआईजीबाट गर्ने निर्णय पनि भएको छ ।



