काठमाडौं, साउन ४ । नेपालको रिटेल तथाम्यानुफ्याक्चरिङ ब्रान्ड सोनमगियर्सले त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पतालस्थितमनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई सय थानव्यक्तिगत सुरक्षाकवच (पिपिई) सहयोग गरेको छ ।
कम्पनीका संस्थापकतथासिइओ टासी चोम्बे नेपालीले मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठलाई उक्तपिपिई हस्तान्तरण गरेका हुन् ।
कम्पनीले आफ्नै कारखानामाउत्पादितपिपिई अस्पताललाई दिएको हो । ‘नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायकालागि केही योगदानगर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कर्तव्य हो,’ सिइओ टासीले भने ।
यसबाट कोभिड १९ को महामारीबीचआफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भएपनि योगदानपुग्ने कम्पनीको विश्वास छ ।



