काठमाडौं, पुस १७ । मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा देवराज काफ्लेले जग्गा रजिष्ट्रेशन पास गर्न डोर खटिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने उजुरी एवम् निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबट खटिइ गएको टोलीले निज ना.सु. देवराज काफ्लेलाई घुस बापतको रु.१,००,०००/- (एक लाख) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान पश्चात अख्तियारद्वारा मुद्दा दायर गरिएको छ।
निज नासुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको अख्तियारले ठहर गर्दै निजनासुलाई बिगो रु.१,००,०००/- (एक लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिइ पुस १६ गते विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियार जनाएको छ ।



