🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ । 

कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा बजेट घाटा आठ अर्ब ६४ करोड अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । यससँगै सन् २०२० को पहिलो छ महिनामा अमेरिकामा व्यापार घाटा अहिलेसम्मकै उच्च २७ खर्ब रहेको तथ्याङ्कमा उल्लेख छ ।

जुनमा अमेरिकी सञ्चितीमा पनि पाँच अर्ब अमेरिकी डलरले कमी आएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कुनै तथ्याङ्कलाई उद्धृत नगरीकनै जुनका लागि लिएको लक्ष्य पूरा गर्न संघीय प्रशासन असफल भएको तथ्याङ्कले देखाएको छ ।

सन् २०२० को पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्रमा पाँच प्रतिशतले सङ्कुचन आएको र यो सङ्कुचन सन् २००८÷०९ देखिएको विश्वव्यापी वित्तीय सङ्कटपछि पहिलो पटक उच्च देखिएको हो । 

 कोभिड–१९ को महामारीका कारण अमेरिकी ५० राज्यमध्ये अधिकांश राज्यमा लकडाउन वा कोरोना नियन्त्रणका लागि भएका प्रयासका कारण व्यवसायिक गतिविधि प्रभावित भएको कारण अर्थतन्त्रमा सङ्कुचन आएको अमेरिकी अर्थमन्त्रालयको दावी रहेको छ ।(रासस÷एएनआई)