🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फ्लोरिडामा एकै दिन थपिए १५ हजार २ सय ९९ कोरोना संक्रमित 

काठमाडौं । अमेरिकाका अन्य राज्यहरूको सबै रेकर्ड तोड्दै फ्लोरिडामा एकै दिन सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । 

बीबीसीका अनुसार, एकै दिन फ्लोडामा १५ हजार २ सय ९९ मानिस संक्रमित भएका छन् । यो संख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा फेला परेका संक्रमितको झण्डै एक चौथाइ हो । 

यसअघि क्यालिफोर्निया कोरोनाबाट सबैभन्दा बढी ग्रसित थियो । क्यालिफोर्नियाको वृद्धिदरको विन्दु अहिले क्यालिफोर्नियाले तोडेको छ । संक्रमण घट्नुको साटो उकालो चढेपछि संकट थप गहिरिने विश्लेषण भएका छन् । 

 यस्तो वृद्धिसँगै उक्त राज्यको स्वास्थ्य प्रणालीमा निकै चाप परेको देखिएको छ।चार दर्जनभन्दा बढी अस्पतालहरूले आफ्नो सघन उपचार क्षमता पूर्ण अवस्थामा चलिरहेको बताएका छन्।

पछिल्लो एकदिनमा थप ४५ जनाले उक्त राज्यमा भाइरसका कारण ज्यान गुमाएका छन्।

महामारी सुरु भएयता अमेरिकामा १,३४,००० भन्दा बढी मानिसहरूको कोभिड–१९ का कारण मृत्यु भएको छ।