🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेविसङ्घद्वारा  पेट्रोलमा मूल्यवृद्धि खारेजकाे  माग

काठमाडौँ, २४ असार (रासस) । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको टोलीले आज नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापनपत्र बुझाउँदै पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गरेको हो । 

नेविसङ्घले लकडाउनको समयमा मात्र करिब रु तीन अर्ब नाफा कमाएको निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने बित्तिकै ५ रुपैयाँ बढाउनु उचित नहुने भन्दै निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्नसमेत भनेको छ । 

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुँदा ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्यमा पर्ने बताउँदै मूल्य कम गर्न आग्रह गर्नुभयो । 

निगमका कार्यकारी निर्देशक पौडेलले नेविसङ्घले उठाएका जायज मागलाई आफूले सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।