🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अध्यादेशको विषयवस्तुमा आपत्ति छ : नेता नेपाल

काठमाडाँै, १५  पुस (रासस) :  नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश जारी गर्न आफ्नो पार्टीले लचकता प्रस्तुत गरेको भए पनि विषयवस्तुमा आपत्ति रहेको बताएका  छन्  । 

एमाले पेशागत जिल्ला कमिटी काठमाडौँले पुस १४ गते  यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नेता नेपालले मुलुकमा दलहरुबीच समझदारीको राजनीतिलाई कायम गर्न एमालेले भूमिका निर्वाह गरेको बताउँदै नेपाली काँग्रेसले जनमतको कदर गर्न सामान्य नैतिकता पनि देखाउन नसकेको विचार व्यक्त गरेका छन् । 
उनले निर्वाचन आयोगले पनि प्रतिनिधिसभातर्फको समानुपातिक मत परिणाम सार्वजनिक नगरेर अन्योलको वातावरण सिर्जना गरेको आरोप लगाए । नेता नेपालले एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताबाहेक अन्य विकल्प नरहेको बताउँदै जनतासँग गरिएको बाचा पूरा गर्न एकताको प्रक्रियालाई बहस र छलफलको माध्यमबाट टुङ्गो लगाइने बताए  । 

नयाँ बन्ने सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताको सिद्धान्त बनाई कामगर्ने उनको भनाइ थियो ।