🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शेरु जहाँ खडा हुन्छ लाइन पनि त्यहीँबाट सुरु हुन्छ !

– Babulal Bhandari

* हिजो प्रचण्डको कदम राष्ट्रपतिले उल्ट्याइदिए । कांग्रेसले ठीक हो भन्यो । बिचरा प्रचण्डको सरकारै चिलिमच्वांट भयो ।

* दीनानाथ शर्मा शिक्षामन्त्री थिए। शिक्षाऐनलाइ अध्यादेशबाट ल्याउन क्याविनेटबाट पास गरेर तत्कालीन प्रधानमन्त्रीले राष्ट्रपति रामबरण यादव समक्ष पेश गरे। तर, नेपाली काङ्ग्रेसले राष्ट्रपतिलाइ दबाब दिएर अध्यादेश रोक्नलगायो। अध्यादेश जारी गराउनको लागि दीनानाथ शर्माजीले डेढबर्षसम्म धाइरहे, तर राष्ट्रपतिले अध्यादेश जारी गरेनन्।

* पछि पनि सरकारका कैयौं विधेयक र अध्यादेश राष्ट्रपतिले रोके, फिर्ता पठाए वा रातो र हरियो मसीले काँटछाँट सम्म गरे । कांग्रेसले फेरि पनि राष्ट्रपतिका ती सबै कार्य ठीक भन्यो । त्यतिबेला प्रजातन्त्र त्यही भयो ।

* अहिले कांग्रेसले आफैले बहुमतीय प्रणालीको विधेयक बनाएर मन्त्रीमण्डलबाट पारित समेत गरी संसदमा पेस गर्यो । तर जब बाम गठबन्धन बन्यो कांग्रेसले त्यसै विधेयकलाई पारित हुनै लाग्दा एकाएक थुतेर बदल्यो र बहुमतीयको सट्टा एकल संक्रमणीय विधिको अध्यादेश राष्ट्रपति कहाँ पुर्यायो ।

* अहिले राष्ट्रपतिले यो अध्यादेश कुनै हालतमा रोक्न पाउन्नन् भन्दैछ कांग्रेस र अहिलेका लागि लोकतन्त्र भनेको यही हो । कांग्रेसले बोलेपछि सकियो ।

* अर्थात नेपालमा कांग्रेसले जे भन्छ र गर्छ त्यही हो लोकतन्त्र भने पनि प्रजातन्त्र भने पनि ।

नत्र अधिनायकवाद !

* त्यति पनि थाह छैन , "शेरु जहाँ खडा हुन्छ लाइन पनि त्यहीँबाट सुरु हुन्छ !"