🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरी  अधिकृतहरूलाई  दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, १६ असार (रासस) : नेपाल सरकार मन्त्रीस्तरको असार १४ को निर्णयानुसार प्राविधिकतर्फको प्रहरी नायब महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतलाई आज दर्ज्यानी  चिह्न प्रदान गरिएको छ । 

यस्तै सचिवस्तरको आजको निर्णयानुसार प्राविधिकतर्फ कै प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकमा पदोन्नति भएका प्रहरी अधिकृतले समेत आजै दज्र्यानी चिह्न प्राप्त गर्नुभएको छ ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीबाट दज्र्यानी चिह्न प्राप्त गर्नेहरुमा प्रहरी नायब महानिरीक्षक डा सुन्दरप्रसाद हैजु, प्रहरी वरिष्ठ उपरीक्षक डा दामोदर पौडेल, डा सञ्चिता दाहाल घिमिरे, डा मनोजकुमार यादव र कुशल रानाभाट रहनुभएको छ ।

यस्तै अन्यमा प्राविधिक प्रहरी उपरीक्षक हरि डङ्गोल, ईश्वर थापा, डा सुवर्ण कुँवर, डा छन्द बुढाथोकी, डा केदार खड्की, उन्देश्वर तिवारी र लालबाबु गिरी तथा प्राविधिक प्रहरी नायब उपरीक्षक भुपाल बानियाँ रहनुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति भएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरीको संस्थागत विकासका लागि भरपर्दो मेरुदण्डको रुपमा रहेका प्राविधिक समूहका प्रहरी अधिकृत तथा जवानले निर्वाह गर्दै आएको योगदान ज्यादै प्रशंसनीय रहेको बताउनुभयो । 

उहाँले आगामी दिनमा सबै प्रहरी कर्मचारीले अझ रचनात्मक तवरबाट सङ्गठनको श्रीवृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन र आमनागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा रही नेपाल प्रहरी अहोरात्र क्रियाशील रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले यस्ता चुनौतीपूर्ण घडीमा कर्तव्य पालना गर्दा कठिनाइ र अभावका सीमालाई थाती राखी तोकिएको जिम्मेवारी पूरा गर्न सबैले संयमता र उच्च व्यावसायिक निष्ठा प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । 

उक्त अवसरमा पदोन्नति भएका अधिकृतको तर्फबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक डा सुन्दरप्रसाद हैजुले सङ्गठनले अङ्गीकार गरेको नीतिअनुरुप प्राप्त पेशागत जिम्मेवारी अझै उत्कृष्ट ढङ्गबाट निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रहरी अस्पतालमा ‘मोलेकुलर परीक्षण एकाइ’ 

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कोभिड–१९ को पिसिआर परीक्षण सञ्चालनका लागि स्थापना गरिएको ‘मोलेकुलर परीक्षण एकाइ’को आज एक समारोहका बीच उद्घाटन गरिएको छ ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उक्त एकाइको उद्घाटन गर्दै उत्कृष्ट कार्य गर्ने आठ जना प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गर्नुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले लकडाउन कार्यान्वयन तथा कोरोना सङ्क्रमण रोकथामको लागि अग्रपङ्क्तिमा खटिएका प्रहरी कर्मचारी सङ्क्रमणको जोखिम उच्च रहेको अवस्थामा नेपाल प्रहरी अस्पतालले सञ्चालन गर्ने गरी एकाइको स्थापना हुनु सुखद् भएको बताउनुभयो । 

उहाँले पिसिआर ल्यावबाट अधिकभन्दा अधिक प्रहरी कर्मचारी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । छोटो समयमा एकाइको स्थापना गर्न देखाएको तदरुकताका लागि नेपाल प्रहरी अस्पताल परिवारप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले उक्त एकाइसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी अस्पताललाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाउँदै बिरामीमैत्री सेवा प्रदान गर्न कटिबद्ध रहेको बताउनुभयो ।

उक्त एकाइ कूल रु एक करोड १९ लाख ३९ हजारको लागतमा स्थापना गरिएको र तत्काल सञ्चालनमा आउने जनाइएको छ ।
–––