🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सूक्ष्म अध्ययन गरी रणनीति तयार गर्नुस् : प्रधानसेनापति थापा

काठमाडौँ, ७ असार : नेपाली सेना पृतनापति समन्वयात्मक बैठकले कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ ।उक्त बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा कोभिड– १९ ले खडा गरेको सुरक्षा चुनौतीबारेमा गहन र विस्तृत ढङ्गबाट प्रस्तुतीकरण भएको थियो ।

 
मुलुकको समग्र सुरक्षाको स्थितिका विषयमा समीक्षा गरिएको उक्त बैठकमा भविष्यमा आउनसक्ने परिस्थितिजन्य विषय र चुनौतिकाबारे पनि गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जानकारी दिएको छ ।

  दुईदिने बैठक समापनका अवसरमा आज प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षा वातावरणले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकूल असरको सूक्ष्म अध्ययन र विश्लेषण गरी  विकसित परिस्थितिमा स्पष्ट अवधारणा, रणनीति र कार्ययोजना तयार गर्न निर्देशन दिनुभयो ।

 उहाँले भन्नुभयो, “नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदा झैँ प्रतिबद्ध छ ।” पद्धति र प्रणालीमा आधारित सङ्गठन निर्माणमा सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर काम गर्न निर्देशन दिँदँ प्रधानसेनापति थापाले साङ्गठानिकहित र राष्ट्रिय स्वार्थका लागि अविचलित भएर कर्तव्यपथमा लाग्न सुझाव दिनुभयो । 

 बैठकमा पिएसओज, आठवटै पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपति सहभागी हुनुहुन्थ्यो ।  (रासस)