🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपा राष्ट्रवादीको रोइलो पढ्नुस

काठमाडौँ, १२ पुसः पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्बाराहीमा भएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आज सम्पन्न उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशका प्रत्येक वडामा भरपर्दो र बलियो संगठन नभएका कारण चुनावमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ ।

   पार्टीले देशभरबाट करिब ४०० उम्मेदवार प्रतिनिधिसभा र प्रदेशसभामा उठाएको भएपनि कुनै सिट प्राप्त गर्न नसकेको उक्त दलले प्रतिनिधिसभाको समानुपातिकमा भने ०.३५ प्रतिशत मत प्राप्त गरेको थियो ।  

बैठकले तीन महिनाको अवधिमा सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रुपमा स्थापना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । 

पार्टी अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको सो बैठकले जनताको सेवालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्न नयाँ गठन हुने जनवर्गीय संगठनलाई उपयोग गर्ने निर्णय गरेको छ । 

–––