काठमाडाैं । नेपाल सरकारले २०७७ जेठ ३० गते गरेकाे प्रतिबद्ध अनुसार काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण सीसीएमसी निर्देशन समितिकाे निर्णयअनुसार सार्वजनिक गरेकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले २०७७ जेठ ३१ गते विहान १०.२१ बजे ''काेराेना राेकथाम, नियन्त्रण र उपचारमा भएकाे खर्च विवरण सम्बद्ध सबैमा यथार्थ विवरणमा आधारित धारणा बनाउन पनि अनुराेध'' गर्दै तीनवटै तहमा भएकाे खर्च(विवरण सहित) सार्वजनिक गरेका छन् ।
सार्वजनिक भएकाे खर्च विवरण अनुसार, हालसम्म ८ अर्ब ३९ कराेड ११ लाख ९९ हजार ''काेराेना राेकथाम, नियन्त्रण र उपचारमा खर्च गरिएकाे छ । (हेर्नुस् खर्च विवरण) । '१० अर्ब' खै भन्नेहरूका लागि याे खर्च विवरण सार्वजनिक भएपछि मुखमा बुझाे लाग्छ कि ? लाग्दैन त ?
सडकमा उफ्रिपाफ्रि गर्नेहरूले खर्चै नभएकाे लगभग रू. १ अर्ब ६० कराेड खैत भनेर फेरि सडकमा मानिस उतारेर संसदमा चलिरहेका महत्वपूर्ण बिजनेस ओझेलमा पार्न कस्सिने हुन् ? प्रतिक्षाकाे विषय भएकाे छ ।



