🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अन्ततः ट्रम्पले तोडे डब्ल्यूएचओसंगको सम्बन्ध

काठमाडौं, १७ जेठ । अन्ततः अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)संग सबै सम्बन्ध तोडेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्यूएचओसंगको सम्बन्ध तोडेको घोषणा गरेका हुन् । 

कोरोना भाइरसको महामारी फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको भन्दै उनले सम्बन्ध तोडेको घोषणा गरेका हुन् । यसअघि नै ट्रम्पले अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

ट्रम्पले डब्ल्यूएचओले चीनसंग मिलेर कोरोना अमेरिकामा फैलाउन सहयोग पुर्याएको आरोप समेत लगाएका थिए । उनले डब्ल्यूएचओ चीनको नियन्त्रणमा रहेको भन्दै सबै सम्बन्ध तोडेको बताएका हुन् । 

ट्रम्पको घोषणाको विपक्षी डेमोक्रेटिक दलले विरोध जनाएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाले ट्रम्पले गलत कदम चालेको आरोप लगाए पनि ट्रम्पले मानेनन् । अन्ततः सम्बन्ध तोडिछाडे । 

विश्वमा ६० लाख ३४ हजार कोरोना भाइरस संक्रमित हुँदा १७ लाख ९३ हजार भन्दा बढी अमेरिकाकै हुन् । ३ लाख ६६ हजार ८९४ जनाको मृत्यु हुँदा १ लाख ४ हजार ५ सय बढी अमेरिकाकै हुन् ।