🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुकुम : \’सामुहिक हत्या/वेपत्ता\’ बारे बाबुराम भट्टराईका तीन सुझाव  

हालै पश्चिम रुकुममा भएको नवराज विक सहित ६ जना युवाको सामुहिक हत्या/वेपत्ता को घटना नेपालमा जातपातजन्य विभेद र अपराधको निकृष्ट नमूना हो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा र त्यसमाथि ऐतिहासिक जनयुद्धको तुफानी केन्द्रमा यस्तो दर्दनाक घटना हुनु अत्यन्त बिडम्बनापूर्ण छ। म यसको तीब्र निन्दा/भर्त्सना गर्दछु र ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धान्जली,घाइतेहरूको स्वास्थ्यलाभ र वेपत्ताहरूको शीघ्र खोजतलासको आग्रह गर्दछु!

हाम्रो पार्टी समाजवादी पार्टी लगायत विभिन्न दलहरूले सर्वदलीय संसदीय छानवीन समितिको माग गर्दागर्दै पनि सरकारले झारा टार्ने हिसाबले जुन समिति बनाएको छ त्यसले सत्यतथ्य पत्ता लगाएर अपराधीलाई हदैसम्मको दण्ड दिलाउन सक्ला भन्ने आधार छैन। विगतमा दलितहरूमाथि भएका जघन्य अपराधका घटनाहरू त्यत्तिकै फासफुस भएबाट यो शंका गर्ने प्रशस्त ठाउँ छ !

अत: यसवारे तत्काल र दीर्घकालीन रूपमा निम्न बमोजिम गर्न म गम्भीरतापूर्वक आग्रह गर्दछु:

१. यो घटनालाई निष्पक्ष छानवीन गरेर दोषीलाई हदैसम्मको दण्ड दिलाउन,पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दलितहरूमाथिका शृंखलाबद्ध अपराध रोक्ने विधि सिफारिस गर्न सर्वदलीय संसदीय छानवीन समिति बनोस्! पीडित परिवारलाई तत्काल अन्तरिम राहत र सुरक्षाको व्यवस्था गरियोस्!

२. नेपालको संविधानमा भएका दलित अधिकारको प्रभावकारी ढंगले प्रत्याभूत गर्न आवश्यक ऐनकानून र नियमहरू छिटो र पूर्ण रूपमा बनून् र तिनलाई संघ,प्रदेश र स्थानीय तहका अंग मार्फत कडाइपूर्वक कार्यान्वयन गरियोस्।दलित आयोगलाई कर्मकाण्डी हैन कामकाजी र शक्तिशाली बनाइयोस् !

३.मनुवादी वर्णाश्रम व्यवस्था नै मानव इतिहासको सबभन्दा ठूलो कलंकको रूपमा रहेको छुवाछुत र जातपातजन्य विभेद र अपराधको मुख्य श्रोत भएकाले त्यसलाई सदाकोनिम्ति अन्त्य गर्न धर्मगुरुहरू र विज्ञहरूको सिफारिस र संलग्नतामा ती शास्त्रहरूको समयानुकूल परिवर्तन र सुधार गरियोस् !

-डा. बाबुराम भट्टराई

https://www.facebook.com/DrBaburamBhattarai/