🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 सेनामा वैशाख महिनामा मात्रै  भावी प्रधानसेनापतिसहित चार जर्नेलकाे बढुवा 

काठमाडाैं । २०७७ वैशाख महिनामा मात्रै   नेपाली सेनाका चार जना जर्नेलहरूले पदाेन्नतिकाे अवसर पाएका छन् । २०७७ वैशाख महिनामा बढुवा भएका जर्नेल मध्ये एकजना त भावी प्रधानसेनापतिकाे पंक्तिमा रहेका समेत छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७ बैशाख १४ गतेको निर्णय बमोजिम  २०७७ बैशाख १९ गतेबाट रथी दर्जामा पदोन्नति  भएका उपरथी प्रभुराम शर्मालाई  २०७७ बैशाख २१ गते जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

सामान्य अवस्थामा र राेलक्रम अनुसार रथी शर्मा ५० औं महारथी प्रधानसेनापतिको लाइनमा बस्ने भाग्यमानी रथी हुन् । नेपाली सेनाकाे  २० औं ब्याचका प्रभुराम शर्मा मात्रै त्यस्ता भाग्यमानी व्यक्ति हुन् जो महारथी बन्ने पंक्तिमा बस्न सफल भएका छन् । 

\"\"

कुनै विघ्न बाधा अवरोध उत्पन्न नभएमा र देशमा सामान्य अवस्थामा रहेमा २०७८ साउन २४ गते आइतबारबाट रथी शर्माले का.मु. प्रधानसेनापतिको कार्यभार सम्हाल्ने मौका पाउनेछन् ।  त्यसको एक महिनापछि २०७८ भदौ २४ गते विहीवार नेपाली सेनाको पचासौं प्रधानसेनापतिमा नियुक्त हुनेछन् । 

\"\"

 नेपाली सेनाकाे उपरथीमा बढुवा हुनेहरूमा  नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७ बैशाख १४ गतेकै निर्णय बमोजिम मिति २०७७ बैशाख १४ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी आनन्द कुमार अधिकारी र  २०७७ बैशाख १९ गते गतेबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी संजय थापालाई समेत प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले २०७७ वैशाख २१ गते नै उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । 

 रथी दर्जामा पदोन्नति भएका रथी प्रभुराम शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ भने उपरथी दर्जामा पदोन्नति भएका उपरथी आनन्द कुमार अधिकारीलाई उपत्यका पृतना हे.क्वाको पृतनापति र उपरथी संजय थापालाई मध्य पश्चिम पृतना हे.क्वाको पृतनापतिको जिम्मेवारी दिइएको छ । 

\"\"

( प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाबाट  उपरथी दर्जाको दर्ज्यानी चिन्ह  प्राप्त गर्दै  उपरथी ध्रुवराज खत्री) 

नेपाली सेनाकाे लेखाका  उपरथी भुवन वहादुर अधिकारी राजीनामा गरेर हिंडेपछि रिक्त रहेकाे लेखा उपरथी ८ महिनापछि पूर्ति भएकाे छ ।   नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७ बैशाख २४ गतेको निर्णय बमोजिम  २०७७ बैशाख २४ गतेबाट लेखा उपरथी दर्जामा पदोन्नति भएका लेखा सहायक रथी ध्रुवराज खत्रीलाई २०७७ बैशाख २८ गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

भक्तपुर निवासी सहायक रथी ध्रुवराज खत्रीकाे बढुवा आठ/आठ महिनासम्म राेकिदा सेनाका अधिकृतहरू छक्कै परेका  थिए। प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा जतिसुकै राम्राे गर्न खाेजे पनि उनकाे सचिवालयले चिफकाे भावना अनुसार काम गर्न र अघि बढ्ने कार्यमा सहयाेग नपुर्याएकाे गुनासाे सुनिने गरेकाे छ । त्यस्तै कुराैटेकाेहरूकाे कारण    ध्रुवराज खत्रीकाे बढुवा  ८ मिहनासम्म राेकिएकाे चर्चा सेनाका जर्नेलहरू बीच हुने गरेकाे छ । 

 बल्लतल्ल लेखा उपरथी दर्जामा पदोन्नति भएका ध्रुवराज खत्रीलाई सैनिक आर्थिक प्रशासन विभागको विभागीय प्रमुखको जिम्मेवारी दिईएको छ । २०७७ वैशाख महिनामा एक रथी (भावी प्रधानसेनापति) सहित  ३ उपरथी(विशिष्ट श्रेणी)मा बढुवा भएकाे छ । 

तीन उपरथीकाे बढुवासंगै केही उपरथीहरूकाे सरूवा  र पद स्थापना समेत गरिएकाे छ । उपत्यकाका प्रितनापति निरञ्जन श्रेष्ठकाे डीजीएमटीमा सरूवा भएकाे छ । त्यस्तै मध्य पश्चिम प्रितनापति सीताराम खड्काकाे आईजीमा सरूवा भएकाे छ ।