🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

सप्तरी, २३ वैशाख (रासस) : एक १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि गाउँलेले रामलाई कुटपिटसमेत गरेका छन् ।

पीडितका बुबाले सोमबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी आज सप्तरी जिल्ला अदालतबाट म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । प्रनाउ भारतीका अनुसार पीडितको सोमबार नै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

घरमा सुतिरहेका बेला आइतबार राति तीन जना प्रवेश गरेकामा अपरिचित दुई फरार भएको र आरोपितले बलात्कार गरेको पीडितले बताएकी छिन् । आरोपितले भने आपसी सहमतिमा भेंटघाट गर्न एक्लै गए पनि बलात्कार नगरेको बताका छन् । 
–––