बैशाख १३ काठमाडौ ; नेपालबाट सस्तो श्रममुल्यमा लाखौं श्रमिकहरु श्रम संझाैता गरि पचासौं मुलुकहरुका विभिन्न शहरहरूमा लगेर काम गराईएकाे छ । बिश्वब्यापी रुपमा फैलिएको काेराेना भाईरसका कारण ती गन्तव्य मुलुकहरुमा पनि लकडाउन भएकाे छ ।
लकडाउनका कारण ती देशहरूमा काम गरिरहेका उद्याेग धन्दा ,व्यापार ब्यवसाय समेत बन्द भएका कारण नेपाली श्रमिकहरुकाे जीवन रक्षाका साथै राेजगारी समेत असुरक्षित बन्दै जाने, संंक्रमणका कारण कतिपय श्रमिकहरुकाे मृत्युु हुनुका साथै गंभीर बिरामीको अबस्थामा रहन बाध्य हुनु पर्ने स्थिति प्रति यतिखेर सम्बद्ध निकायहरू बढी गंभीर बन्नु पर्ने बिश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालका संयाेजक प्रेमलकुमार खनालले बताएका छन् ।
अन्तराष्ट्रिय आप्रवासी कानूनले आप्रबासी श्रमिकलाई सम्बन्धित देशका नागरिक र श्रमिक सरह सुरक्षित हुन र बाँच्न पाउने अधिकारलाई सुनिश्चित गरेकाे छ । यस्तो विपत्तिकाे घडीमा नेपाल सरकार र बिदेशस्थित कूटनैतिक नियाेगहरु अझ बढी जिम्मेवारी बाेधका साथ नेपाली श्रमिकहरुलाई ती देशहरुमा सुरक्षित साथ बसाेवास गराउने, स्वास्थ्य र खानपिनमा हेरबिचार पुर्याई समान व्यवहार गर्न गराउन युद्धस्तरमै पहलकदमी गरि सबैकाे स्थितिलाई सुरक्षित गराउन लाग्न संयाेजक प्रेमलकुमार खनालले अपिल गरेका छन् ।
यसका साथै अन्तरास्ट्रिय श्रम संगठन (आईएलओ) मार्फत पनि आप्रवासी श्रमिकहरुलाई पनि सुरक्षित गर्न र समान व्यवहार गर्न गराउन सहयोगकाे लागि सरकारकाे तर्फबाट अनुराेध गरि पहलकदमी लिन जरुरी रहेकाे संयाेजक प्रेमलकुमार खनालले उल्लेख गरेका छन् । साथै हरेक गन्तव्य मुलुकमा कार्यरत श्रमिकहरुकाे अबस्थाबारेमा कूटनैतिक नियाेगहरुबाट नियमित रुपमा जानकारी हुने गरि सूचना सम्प्रेषण गर्न प्रभावकारी संयन्त्र निर्माण हुन जरुरी रहेकाे संयाेजक खनालले बताएका छन् ।
।



