🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानसेनापतिज्यू , असारमा हुने रथी बढुवाको चलखेल सुरु भएको हो ?

सरकारका अन्य विभागमा पैसा तिरेपछि प्रमोशन हुने कुरा सुनेका थियौं तर आज आएर नेपाली सेनामा पनि सुनिन बुझिन आएको छ । त्यसैले प्रधानसेनापतिज्यू समयमै सोच्नु पर्ने बेला आएको छ । हाल नेपाली सेनाको अधिकृतहरुको नेकबेदी (कार्य मूल्यांकन फारम) ले प्रमोसनमा ठूलो रोल हुने भएकाले अधिकृतहरु हाकिमले मागेको उपहार कुनै पनि हालतमा घरमा पु¥याउन तयार हुन्छन् । त्यसैको मौकामा चौका  हान्न खप्पिस उपरथी राजेन्द्र कार्कीले SRO (SENIOR REVIEW OFFICER) को हैसियत नेकबेदी लेख्नुभन्दा अगाडि फोन गरी सोध्ने र उपहार नलिई आउनेहरुलाई कम नम्बर दिएकोले यसपाली उठेको महासेनानीहरुको प्रमोसनमा केही अधिकृतहरु प्रमोसनबाट बञ्चित हुन् पुगेका छन् ।

उपहार  तथा नगद पैसा नदिने अधिकृतहरुको I.O (initiating officer) ले लेखेको नम्बर पनि घटाइदिएर भविष्य नै अन्धकार बनाइएको छ र निज उपरथी पृतनापति हुँदा पनि गणपति तथा गुल्मपतिहरुलाई आफ्नो स्टाफमार्फत  समान  मागेर हैरान पार्ने गरेको गुनासो गणपतिहरुबाट बारम्बार सुनिंदै आएको छ । नयाँ पृतना भएकोले धेरै कामहरु गर्नुपर्ने समस्या भएको हुँदा सहयोग गर्न वाहिनीपति ,गणपति तथा गुल्मपतिहरुलाई नगद पैसा मागेका थिए । उपहार तथा नगद पैसा नदिने गणपति तथा गुल्मपतिहरुको नेकबेदी नम्बर ज्यादै कम दिएका थिए । उनले बाहिनीपतिहरुले दिएको नम्बर पनि घटाईदिएका थिए भने युद्धकार्य महानिर्देशक हुँदा धेरै अधिकृतहरुको नम्बर कम दिएका थिए । 

त्यसैगरी, पृतनामा सैनिक नागरिक सम्बन्ध सुधार्न आएको करिब २ करोड रुपैयाँबाट अन्तर्गतलाई वितरण गर्नुपर्नेमा एकपैसा पनि वितरण नगरी बाहिनी ,गण र गुल्महरुलाई प्राइभेट फण्डबाट सैनिक नागरिक कारबाहीको काम गराएर सबै  रकम कुम्ल्याएको प्रतिवेदन प्रधानसेनापतिज्यूलाई जाहेर गर्दा पनि उनलाई कुनै कारबाही भएन ।

उपरथी राजेन्द्र कार्कीले आफू भन्दा जेष्ठ उपरथी ईश्वर हमाललाई विभिन्न मुद्दा मामिलाको आरोप लगाएर प्रधानसेनापतिलाई कुरा लगाई  २०७७ असारमा  रिक्त हुने  रथी पद खाने दाउमा छन् । उनको यो योजना असफल भएमा सेनाले बाह्य तथा आन्तरिक द्वन्द्वविरुद्ध तयार पारेको योजना ३ प्लस  १ कमाण्ड अवधारणा अनुरुप हाल एड होकको आधारमा  लागू भैरहेको कमाण्डमा  रथी एक उठाउन गोप्यरुपमा लबिङ सुरु गरेको बुझिएको छ । त्यसकारण यस्ता  नातावादमा रमाउने, संस्थाप्रति मायामोह नभएका र आफ्नो स्वार्थको लागि जे पनि गर्न पछि नहट्ने उपरथीलाई प्रधानसेनापतिज्यूले काखी च्याप्दा आफूलाई समेत दाेष  लाग्ने हुँदा होसियारका साथै सजग हुनुपर्ने देखिन्छ ।
–सेनाको भलो चाहने अधिकृतहरू, नेपाली सेना हेडक्वाटर