🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फ्रान्स दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मन्दीतर्फ जाँदै : अर्थमन्त्री

पेरिस, २४ चैत (रासस/एएफपी) : कोरोनाभाइस सङ्क्रमण रोक्न देशभर लकडाउनको सामना गर्नुपरेका कारण फ्रान्सले दोस्रो विश्वयुद्धपछि पहिलो पटक सबैभन्दा खराब मन्दीको सामना गरिरहेको अर्थमन्त्री ब्रुनो ले मायरले २०७६ चैत २४ गते सोमबार चेतावनी दिनुभएको छ ।

अर्थमन्त्री मायरले फ्रान्सको संसदीय समितिमा भन्नुभयो, “सन् २००८ विश्वव्यापीरूपमा मन्दी भएपछि सन् १९४५ पछि फ्रान्सको आर्थिक वृद्धिदर सन् २००९ मा २.२ प्रतिशतमा झरेको थियो । अहिले अवस्था योभन्दा अझ खराब हुने देखिएको छ ।” 

उहाँले फ्रान्सको आर्थिक वृद्धिदमा निकै गिरावट आउने अअवस्था आएको भन्दै एएफपीसँगको कुराकानीमा समितिमा आफूले यसबारे जानकारी गराएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सन् २०२० मा आर्थिक वृद्धिदर २.९ प्रतिशत कायम हुने प्रक्षेपण गरेको भएपनि कोरोनाभाइरसको सङ्क्रमणको प्रकोपका कारण खराब देखिएको छ ।” 

“यो हामीले सामना गरिरहेका आर्थिक झट्काको आयामको सङ्केत हो,“ ले मायरले भन्नुभयो ।  

फ्रान्सले मार्च १७ देखि देशव्यापी रूपमा देशका सम्पूर्ण अत्यावश्यक मानवीय बाहेकका सेवालाई अप्रिल १५ सम्म लागु हुनेगरी बन्द गरेको छ । 

फ्रान्सको तथ्याङ्कको लागत राख्ने कार्यालय ‘ईन्से’ का अनुसार लकडाउनका कारण फ्रान्सको सम्पूर्ण अर्थतन्त्रको करिब ३५ प्रतिशत गतिविधिमा कमी आएको जनाएको छ । हरेक महिनाको बन्दले कारण मुलुकको बार्षिक कूल ग्राहस्थ उत्पादनको तीन प्रतिशत अङ्कलाई प्रभावित पार्ने गर्दछ ।

कोरोनाभाइरसको प्रकोपका कारण सेवा, ठूला उद्योग र निर्माण सबैमा व्यापक प्रभाव परेको छ । कारखानाहरु बन्द छन् र सुपरमार्केट र फार्मेसीहरु जस्तै केही हातमा गन्न सकिने व्यापार क्षेत्र खुला रहने गरेको ईन्सेको तथ्याङ्क छ ।

–––