🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्षेत्राधिकार हस्तक्षेप नगर्न कामपाको आग्रह

काठमाडौँ, ५ पुस  : नेपालको संविधानबमोजिम विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापनलगायतका कार्य स्थानीय सरकारको क्षेत्राधिकारभित्र पर्ने हुँदा आफ्नो अधिकार क्षेत्र हस्तक्षेप नगर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ ।

पुस १ गते जिल्ला शिक्षा कार्यालय काठमाडौँले संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनसम्बन्धी प्रकाशन गरेकोे सार्वजनिक सूचनाका विषयमा काठमाडौँ महानगरपालिकाले ध्यानाकर्षण गरी अधिकार क्षेत्र हस्तक्षेप नगर्न आग्रह गरेको हो । 

पुस ४ गते कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले प्रेस विज्ञप्ति जारी गर्दै कामपाको विषयगत काममा प्राविधिक एवं व्यवस्थापकीय क्षेत्रमा सहयोग गरेर संघीय व्यवस्थालाई सफल बनाउन साझेदार निकायलाई आह्वानसमेत गरेको छ । 

स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकार गठन भइसकेको र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कार्यान्वयनमा आइसकेको हुनाले जिल्ला शिक्षा कार्यालय, काठमाडौँलाई शिक्षक सरुवा, नियुक्तिलगायतका काम नगर्न विज्ञप्तिमार्फत भनिएको छ । महानगरपालिका क्षेत्रभित्रको माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकार (महानगर)को कार्य क्षेत्रभित्र गइसकेको हुनाले आगामी दिनमा यस्ता काम भएमा कामपाले अन्य प्रक्रिया चाल्नुपर्ने बताइएको छ । 

जनताका नजिक बसेर गुणस्तरीय, मितव्ययी, सुलभ, छिटोछरितो शैक्षिक सेवा प्रवाह गर्न महानगर प्रतिबद्ध रहेको भन्दै विद्यालय शिक्षा विकाससम्बन्धी काम महानगरको समन्वयमा हुनुपर्ने शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
–––