🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मेगा बैँक र टुरिजम डेभलपमेन्ट बैँक गाभिने

काठमाडौँ, ४ पुस : मेगा बैँक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैँक लिमिटेड एक आपसमा गाभिने भएको छ । मेगा बैँकको  पुस गते आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैँकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो । 

सभामा मेगा बैँकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । मेगा बैैँकको प्रतिशेयर मूल्य रु १०० बराबर टुरिजम बैँकको प्रतिशेयर मूल्य ९५ कायम गरिएको छ । यस्तै टुरिजमको एक कित्ता शेयर हुने शेयरधनीले शून्य दशमलव ९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् । 

टुरिजम बैँकसँगको मर्जर प्रक्रियापछि मेगा बैँक नेपालको सबैभन्दा बढी पुँजी भएको बैँकहरुमध्येमा पर्ने अध्यक्ष शाहले बताए । टुरिजम बैँकले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेको थियो । 
–––