🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘जहाँ सङ्कट त्यहाँ युवा सङ्घ’ को नारासहित स्वयं सेवा

काठमाडौँ, १८  चैत (रासस) : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले कोभिड–१९ कारण उत्पन्न मानवीय सङ्कटका समयमा सम्बन्धित सरकारसँग सहकार्य गरी स्वयंसेवामा जुट्न कार्यकर्तालाई सर्कुलर गरेको छ ।

सङ्घका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ र सहसंयोजक रमेश पौडेलले चैत १७ गते  विशेष सर्कुलर जारी गरी सङ्गठनका नेता, कार्यकर्तादेखि सदस्यसम्म ‘हामी जहाँ छौँ, त्यहीँबाट यो लडाइँमा  सहभागी बनौँ । जहाँ छौँ, त्यहीँ सक्रिय होऔँ । त्यहीँको समस्यासँग जुधौँ र हाम्रा स्थानीय सरकार तथा प्रशासनसँगको सहकार्यमा असहजतालाई सहजतामा बदल्न लागि परौँ ।’ भन्ने आह्वान गर्नुभएको हो । 

सक्रङ्मणको जोखिम रोक्न सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न÷गराउन चेतनामूलक प्रचार गर्न आफ्नो स्थानीय समुदायभन्दा बाहिरबाट घर फर्केकालाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने व्यवस्थाका लागि र अनुशासनका लागि उत्प्रेरित गर्न पनि आग्रह गरिएको छ ।

सरकारी निकाय र जनसुमदायबीच पुलको काम गर्दै ज्यालादारी श्रमिक वर्ग सबैभन्दा समस्यामा परेकाले सरकारले घोषणा गरेको राहतको सहजीकरणमा स्थानीय सरकार र श्रमिक समुदायलाई सहजीकरण गर्न सर्कुलरमा भनिएको छ । सो कार्यका लागि सङ्गठनले कुनै राहात र आर्थिक सङ्कलन नगर्ने बरु चेतनामूलक प्रचार सामग्रीको व्यापक प्रचार÷प्रसार गर्ने उल्लेख गरिएको छ ।
–––