🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

१५ जना  कैदीले  कैद किनेर छुटे

चितवन, १७ चैत (रासस) : कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । 

सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेसँगै  १५ कैदी छुटेका हुन् । अदालतले एक वर्षसम्म कैद तोकेका उनीहरुले बाँकी अवधिको प्रतिदिन रु ३०० का दरले भुक्तान गरी छुट्न पाउने भएका हुन् । त्यसरी छुट्न पाउनेहरु यस कारागारमा ३८ जना रहेका छन् ।

  
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार एक वर्ष कैद तोकिएकामध्ये कैद किन्नका लागि २६ जनाले जिल्ला अदालत चितवनमा  निवेदन दिएका छन् । अन्यले पनि घरपरिवारसँग सल्लाह गरिरहेको उहाँले जानकारी दिनुभयो । दुई सय २५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको कार्यालयमा हाल ७२७ कैदीबन्दी छन् । जसमध्ये ५६ महिला, ६७१ पुरुष र तीन आश्रित बालबालिका छन् ।