कास्की, ११ चैत। धर्मको नाममा झुठा एवं भ्रामक अभिब्यक्ति दिई अफवाह फैलाएको अभियोगमा जुम्ला स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका-३२ खुदी सुकुमबासी टोल बस्ने पोखरा महानगरपालिका-२९ पावरहाउसका पास्टर ३२ वर्षीय केशब आचार्यलाई २०७६ चैत १० गते सोमबार प्रहरीले पक्राउ गरेको छ ।
आचार्यले मानिसहरु जम्मा गरी धर्मको नाममा झुठा एवं भ्रामक अभिब्यक्ति दिई बिश्वले सामना गर्नु परिरहेको महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न बिपद्को लाभ लिई उक्त झुठा, भ्रमपूर्ण अभिब्यक्तिको भिडियो बनाई युट्युव तथा सामाजिक संजालहरुमा समेत अपलोड/शेयर गरी धर्म प्रचार प्रसार समेत गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



