🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घुस्याहा इन्जिनियर यादव रकमसहित  पक्राउ

लहान, ४ पुस (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पुस ३ गते  साँझ सिरहाको लहानबाट घूस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ । 

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ का रामजानकी कन्स्ट्रक्सन दर्ताका लागि सिफारिश पाउन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्यालय, सिरहामा निवेदन दिँदा सिफारिशबापत इन्जिनियर यादवले घूस माग गरेका थिए । 

कार्यालयमा घूस लिन नमिल्ने भन्दै रामजानकी कन्स्ट्रक्सनका प्रोप्राइटरले लहानको महावीर मिष्ठान्न भण्डारमा घूसबापत रु आठ हजार दिने क्रममा अख्तियारको टोलीले इन्जिनियर यादवलाई पक्राउ गरेको अख्तियारका प्रहरी उपरीक्षक कृष्णसिंह थापाले जानकारी दिएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालय, लहानले कन्स्ट्रक्सन दर्ताका लागि जिल्ला प्राविधिक कार्यालय, सिरहाको सिफारिश माग गरेको थियो । पक्राउ परेका यादवलाई विशेष अनुसन्धानका लागि अख्तियारको क्षेत्रीय कार्यालय इटहरी लगिएको प्रहरी उपरीक्षक थापाले बताए । 
–––