🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ

जनकपुरधाम, ९ चैत (रासस) : मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका यहाँस्थित चार औषधी व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

    पक्राउपर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए । पक्राउ गरिएका चारै व्यवसायीको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
–––