🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रामचन्द्रले अड्को थाप्दै भने –संसदले पूर्णता नभएसम्म सरकार छाडिँदैन

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचनमा पराजित भए पनि आफू कति पनि विचलित नभएको बताएका छन् । 

व्यास नपा–१० को खहरेमा आज आयोजित कार्यक्रममा उनले भने –“निर्वाचनमा हारजीत हुनु स्वाभाविक प्रक्रिया हो, आफू पराजित भए पनि कति पनि विचलित भएको छैन्, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु ।”

वरिष्ठ नेता पौडेलले संसद्ले पूर्णता नपाएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्ने कुरै आउँदैन भन्दै “राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश पारित भएपछि हामी जुनसुकै बेला सरकार छोडिहाल्छौँ”, भने । 

मुलुकको लथालिङ्ग अवस्थालाई छोडेर प्रधानमन्त्रीले राजीनामा गर्न नमिल्ने बताउँदै उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न काँग्रेस आतुरसमेत रहेको धारणा व्यक्त गरे ।

वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन सम्पन्न गरी गाउँ–गाउँमा सिंहदरबार पुर्याएको उल्लेख गर्दै अब जिल्लाकै विकासमा आफू जनप्रतिनिधिसँग हातेमालो गर्दै लागिरहने बताए ।

निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन नेता पौडेल अहिले उनीहरुको घरदैलोमा पुगिरहेका छन् । 

यसैक्रममा बैरेनी, व्यास–७ को कलेस्ती, व्यासको छापथोक, वडा नं ८ को कोटथोक, व्यास–९ को बेलभञ्ज्याङ, कात्तिकेचौर, दलभञ्ज्याङ, तारुका, गैह्रीसरा, माझथर, पुलिमर्याङ लगायतका मतदातासँग भेटी सहयोग पु¥याएको भन्दै नेता पौडेलले उनीहरुलाई धन्यवाद व्यक्त गरे ।