🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कुटपिटबाट श्रीमतीको मृत्यु

भीमदत्तनगर । श्रीमानको कुटाइबाट कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले गत आइतबार मदिरा सेवन गरी पुनर्वास–८ ‘क’ गाउँका ६३ वर्षीय सफली बयाडीले श्रीमती ६० वर्षीया खञ्जुरी बयाडीलाई लाठी प्रहार गरी कुटपिट गरेको बताउनुभयो ।

“श्रीमान्ले कुटपिट गरेपछि वृद्धालाई उपचारका लागि अस्पताल पनि लगिएको रहेछ”, उहाँले भन्नुभयो, “मङ्गलबार घर ल्याउने क्रममा बाटोमा मृत्यु भयो ।” हत्यामा संलग्न बयाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक वृद्धाको शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।