🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोटेश्वर-कलंकी सडक खण्डमा पनि लेन प्रयोगको नयाँ नियम लागू

चैत्र २, काठमाडौँ । कोटेश्वर-कलंकी ८ लेन सडकखण्डमायात्रुवाहक/मालवाहक रकम गतिमा गुड्ने सवारी साधनहरूबायाँ सर्भिस लेन र निजी/साना सवारी साधनहरू सधैँ दाहिने द्रुत लेनबाट मात्र चलाउने नयाँ व्यवस्था आजदेखि लागू गरेकोछ ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम प्रसाद ढकालले कोटेश्वरमा एक कार्यक्रम बीचसंयुक्त रूपमा रिवन काटेर यो व्यवस्थाको शुरूवात गरेका छन्  । 

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरूले बोल्दै यस व्यवहारिक र रचनात्मक कार्यलाई अगाडि बढाउन उत्साहवर्धन गर्दै आगामी दिनमा साथ र सहयोग गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् । 

कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, केदार घिमिरे लगायत प्रहरी अधिकृत, यातायात व्यवसायीहरू उपस्थिति रहेको  थियाे । ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोलीले प्रस्तुति समेत दिएको थियो ।

सचेतनाको लागि प्ले कार्ड 

सबै नागरिकहरूलाई लेन प्रयोगसम्बन्धी जानकारीका ३० भन्दा बढी जानकारीमूलक बोर्डहरू राखिएका छन् । उक्त सडकखण्डका चोकहरूमा लेन प्रयोगसम्बन्धी प्ले कार्डहरू बोकी ट्राफिक प्रहरीहरूद्वारा जानकारीसमेत प्रदान गर्ने गरिएको छ । महाशाखाका  प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले भने –‘सडक सुरक्षा र त्यसको प्रयोगमा सम्बन्धमा स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूलाई जिम्मेवारपूर्ण बनाई यस नियमलाई कडाईका साथ पालनाका लागि पर्याप्त ट्राफिक प्रहरीहरू खटाईएको छ ।’ 

केही समय पश्चात नियम नमान्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले एक हजार पाँचसय सम्म जरिवाना गर्न सक्नेछ र सोभन्दा बढी यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुने उनले बताए।

मासिक ८० को हाराहारीमा सवारी दुर्घटना

देशकै पहिलो ८लेन सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८०को हाराहारीमा सडक दुर्घटना बढेपछि महाशाखाले  उक्त लेन अनुशासनलाई कडाईका साथ लागू गरेको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार सडकमा लेन हुँदा पनि सवारी चालकहरूले सही लेन प्रयोग नगरेको र लेन परिवर्तन गर्दा पनि लापरवाहीका साथ गरेकाले सडक दुर्घटना हुने गरेको छ । सवारी दुर्घटनान्यूनीकरण गरी उक्त सडकलाई नमुना बनाउन लेन अनुशासन नियम कार्यान्वयनमा ल्याइएको जानकारी श्रेष्ठले दिए ।

सरोकारवाला सबैलाई राखेर शुरू गरिएको यो अभियानको अनुगमन र प्रभाबकारी कार्यान्वयनमा सघाउका लागि सम्बन्धित सरोकारवाला संघ/संस्था, नागरिक समाजबाट प्रतिनिधित्व हुने गरि अनुगमन समिति  समेत गठन गरिएको छ । पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज एव प्रभाबकारी बनाउन स्थलगत रूपमा समस्याको पहिचान गरी ठाउँको ठाउँ कार्यान्वयनको लागि महाशाखाका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले सुझाव पेश गरेको थियो ।