जापानमा रक्सी पिएर साइकल चलाउनेका लागि कडा जरिवाना र कारवासको सजाय रहेको छ । हेडफोन लगाएर साइकल चलाउनु, आफ्नो फोन चलाउनु तथा साइकल चलाउँदा छाता लिएर हिंड्नेलाई पनि कारवाही हुने गर्दछ । जापान कडा कानून र अपराध नीतिका कारण विश्वको सुरक्षित मुलुकको रुपमा चिनिने गर्दछ ।
सन् २०१८ मा ग्लोबल पिस इन्डेक्समा जापान नवौं स्थानमा रहेको थियो । विश्वमै सबैभन्दा कम बन्दुको प्रयोग जापानमा हुने गर्दछ । जापानका नागरिक कानूनको पालना गर्नमा सँधै अगाडि रहेका छन् ।



