🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेलायती सेनाका सेनाध्यक्षद्वारा नेपालको औपचारिक भ्रमण सम्पन्‍न

काठमाडौँ,९ फाल्गुन। सात दिने नेपालको औपचारिक भ्रमणको लागि २०७६ फाल्गुन ३ गते नेपाल आएका संयुक्त अधिराज्य बेलायती सेनाका सेनाध्यक्ष Chief of General Staff General Sir Mark Carleton-Smith KCB CBE ADC Gen भ्रमण सम्पन्‍न गरी २०७६ फाल्गुन ९ गते स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी गौरव तण्डुलले बिदाई गरेका थिए ।

नेपाल भ्रमणको दौरान उनले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुका साथै उनले पाँचखालस्थित नेपाली सेनाको श्री विरेन्द्र शान्ति कार्य तालिम केन्द्रको तथा केही पर्यटकीय स्थलहरुको समेत भ्रमण गरेका  थिए  ।

उनको उपस्थितीमा  २०७६ फाल्गुन ९ गते काठमाडौंस्थित बसन्तपुर दरबार स्क्वायरमा नेपाली सेनाको सैनिक ब्याण्ड, बेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गुर्खाज्, सशस्त्र प्रहरी बल नेपाल ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड तथा काठमाण्डौ जिल्लाका स्थानीय संस्कृति झल्कने संयुक्त सांगीतिक ब्याण्ड प्रदर्शन-२०७६ को समेत आयोजना भएको थियो । 

 नेपाल र मित्रराष्ट्र बेलायत बीच सदीऔं देखि नै सुमधुर सम्बन्ध रही आएको छ । यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायती सेनाबीच रहँदै आएको आपसी सौहार्द्रपूर्ण सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास विश्वास नेपाली सेनाले लिएको  छ ।