🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिशन मागेको अडियो सार्वजनिक भएको भन्दै संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बर्खास्तीको माग गरेपछि  बाँस्कोटाले राजीनामा दिएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले आज संसदमा मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी दिएका हुन् । 

समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि मन्त्री बाँस्कोटाले शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।  सभामुख सापकोटाले राजीनामाको जानकारी गराउँदै बैठक सञ्चालन गर्न आग्रह गरेपनि कांग्रेसका सांसदले विरोध गरेपछि संसदको बैठक स्थगन भएको छ । प्रतिनिधिसभाको अर्काे बैठक फागुन १३ गतेका लागि बोलाइएको छ ।