काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिशन मागेको अडियो सार्वजनिक भएको भन्दै संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बर्खास्तीको माग गरेपछि बाँस्कोटाले राजीनामा दिएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले आज संसदमा मन्त्री बाँस्कोटाले राजीनामा दिएको जानकारी दिएका हुन् ।
समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि मन्त्री बाँस्कोटाले शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए । सभामुख सापकोटाले राजीनामाको जानकारी गराउँदै बैठक सञ्चालन गर्न आग्रह गरेपनि कांग्रेसका सांसदले विरोध गरेपछि संसदको बैठक स्थगन भएको छ । प्रतिनिधिसभाको अर्काे बैठक फागुन १३ गतेका लागि बोलाइएको छ ।



