🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रंगविरंग : एक वर्षसम्म पानी नपिएपछि ?

पानी नपिएर कोही मानिस एक वर्षसम्म बाँच्न सक्छ होला ? हो, इन्डोनेसियाकी एकजना महिला बिना पानी पिएर एक वर्षसम्म जीवित छिन् । एक वर्षको अन्तरालमा उनको शरीरमा एक विचित्रको बदलाव आएको छ । सोफी पार्तिक नाम गरेकी यी ३५ वर्षी योगा टिचर तथा न्यूट्रिशनिस्टले एक वर्षसम्म पानी नपिएको दाबी गरेकी छिन् । उनले आफू पानी नपिएर पहिलेको भन्दा स्वस्थ रहेको दाबी गरेकी छिन् । उनले पानीको साटो फल तथा जुस पिएकी थिइन । यसबाहेक उनले नरिवलको पानी पिएकी थिइन ।

सोफी आफ्नो अनुहारमा दाग आउने, छालामा समस्या, पाचन प्रणालीम समस्या, फूड एलर्जीजस्ता समस्याबाट पीडित थिइन । अनेकौं उपचारका बाबजुद पनि उनी यसबाट मुक्त हुन सकेकी थिइन । तर, उनको एकजना साथीले ड्राई फास्टिङ गर्न सुझाएकी थिइन । यसको अर्थ थियो कि पानी नपिई बस्नु । यसरी उनी एक वर्षसम्म पानी नपिई बस्दा यी सबै रोगबाट मुक्त भएको दाबी गर्छिन् । उनी मानिसलाई पानी नभई नहुने कुरा सत्य नरहेको दाबी गर्छिन । पानी बिना पनि मान्छे बाँच्न सक्छन् भन्ने उनको धारणा छ ।