काठमाडौं । उपसभामुख पदबाट राजीनामा दिएपछि असन्तुष्ट रहेकी शिवमाया तुम्बाहाङ्फेले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।
पार्टीमा समीकरण मिलाउनका लागि राजीनामा गर्न बाध्य पारिएको भन्दै असन्तुष्टी व्यक्त गरेकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शार्म ओलीको सिफारिसमा कानूनमन्त्री नियुक्ति गरिएको हो ।
नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले राष्ट्रपति समक्ष सोमबार दिउसो पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् ।



