काठमाडौं, २०७५ माघ १३ गते : काठमाडौंमा एकै चाेटी चिसाे बढेकाे छ । यहाकाे राजनीति भने तात्न खाेज्दैछ । काठमाडौंमा माैसमकाे चिसाे र राजनीति तात्दै गर्दा र तरार्इमा शीत लहरकाे हल्ला चल्दै गर्दा पूर्वमहाराजा ज्ञानेन्द्र शाह भने २०७५ माघ १३ गतेबाट तरार्इ-मधेस भ्रमणकाे क्रममा बाराको सिमरा जाँदैछन् ।
शाह पूर्व रानी कोमलका साथ निजी भ्रमणका लागि अपरान्ह सिमरा जान लागेकाे स्राेत बताउछ । सिमरामा पूर्वराजा ज्ञानेन्द्र शाहले एक साता विताउने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको खबर सार्वजिनक भएकाे छ ।
सिमरा भ्रमण मुकाम रहने र साे क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले अाफ्ना शुभेच्छुकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेकाे स्राेत बताएकाे छ । पूर्वराजा ज्ञानेन्द्र शाहले तरार्इका केही धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम पनि रहेकाे बताइन्छ ।
गत वर्षहरूमा पनि पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न भागकाे धार्मिक भ्रमण गर्दै अाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहकाे देश दर्शन, मन्दिर दर्शनकाे समयमा स्थानीय जनताकाे भीड लाग्ने र भब्य स्वागत गर्ने गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह सिमरास्थित प्रभु शमशेर राणाको निवासमा बस्ने बताइएको छ ।



