🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तरार्इ-मधेसकाे निजी भ्रमणमा  पूर्वराजा ज्ञानेन्द्र 

काठमाडौं, २०७५ माघ  १३ गते : काठमाडौंमा एकै चाेटी चिसाे बढेकाे छ । यहाकाे राजनीति भने तात्न खाेज्दैछ । काठमाडौंमा माैसमकाे चिसाे र राजनीति तात्दै गर्दा  र  तरार्इमा शीत लहरकाे हल्ला  चल्दै गर्दा  पूर्वमहाराजा ज्ञानेन्द्र शाह भने २०७५ माघ १३ गतेबाट तरार्इ-मधेस भ्रमणकाे  क्रममा बाराको सिमरा जाँदैछन् ।

शाह पूर्व रानी कोमलका साथ निजी भ्रमणका लागि अपरान्ह सिमरा जान लागेकाे स्राेत बताउछ । सिमरामा  पूर्वराजा ज्ञानेन्द्र शाहले एक साता विताउने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको खबर सार्वजिनक भएकाे छ ।

सिमरा भ्रमण मुकाम रहने र साे    क्रममा  पूर्वराजा ज्ञानेन्द्र शाहले  अाफ्ना  शुभेच्छुकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेकाे स्राेत बताएकाे छ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले  तरार्इका  केही धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम पनि रहेकाे बताइन्छ ।  

गत वर्षहरूमा पनि पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न  भागकाे  धार्मिक भ्रमण गर्दै अाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहकाे देश दर्शन, मन्दिर दर्शनकाे समयमा स्थानीय जनताकाे भीड लाग्ने र भब्य स्वागत गर्ने गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह  सिमरास्थित प्रभु शमशेर राणाको निवासमा बस्ने बताइएको छ ।