🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रोयल क्यासिनोका ६ सय मजदूर निकालिंदै : अन्तरिम आदेशमा क्यासिनो संचालन, अर्बाैं राजस्व छली

काठमाडौं । उपत्यकामा सञ्चालनमा रहेका जुवाघर (क्यासिनो)ले लामो समयदेखि सरकारलाई बुझाउनुपर्ने कर नबुझाई संचालन गर्दैआएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर दर्ता समेत नगरी क्यासिनो संचालन भइरहेका छन् । 

क्यासिनो नियमावली २०७० अनुसार दर्ता समेत नगरी, राजस्व समेत नतिरी क्यासिनो संचालन गर्ने कार्यलाई अदालतले समेत साथ दिएको छ । ७ बर्षदेखि अन्तरिम आदेशकै आधारमा क्यासिनो संचालित छन् ।  क्यासिनो नियमावली २०७० अनुसार सोल्टी होटलको माजोङ क्यासिनो, सांग्रिला होटलको मिलेनियर्स क्लव, हयात होटलको क्यासिनो प्राइड, अन्नपूर्ण होटलको प्यालेसमात्र संचालनमा छन् । यी क्यासिनोले मात्र कानुनसम्मत रुपमा पर्यटन विभागमा २५ करोड धरौटीदेखि सबै प्रक्रिया पूरा गरी संचालित छन् ।

 ¥याडिसन होटलको क्यासिनो ¥याड, मल्लको बेल्लिज र याक एण्ड यतिको रोयल क्यासिनो अन्तरिम आदेशकै भरमा संचालन हुँदैआएका छन् । भारतीय सीमा क्षेत्रका काँकडभित्ता, बिराटनगर, भैरहवा, धनगढी जस्ता सहरमा संचालित आठ वटा मिनी क्यासिनो पनि दर्ता नगरी संचालित छन् ।  

यसरी राजस्व नबुझाई संचालन हुने क्यासिनोले सरकारलाई तिर्नुपर्ने बार्षिक रोयल्टी तिरेका छैनन् । सात बर्षदेखि सर्वेच्च अदालतको अन्तरिम आदेशका आधारमा संचालन भइरहेका क्यासिनोहरूले पहिलाको बक्यौता पनि तिरेका छैनन् । क्यासिनो नियमावली २०७० लागू हुनुअघि क्यासिनो ¥याड लगायतका क्यासिनोहरूको २ अर्ब रुपैयाँभन्दा बढी सरकारलाई तिर्नुपर्ने बक्यौता छ । जुन बक्यौता असुलीका लागि पर्यटन विभागले केन्द्रीय तहसिल कार्यालयमा लगत कस्न पठाएको छ । अन्तरिम आदेशका आधारमा संचालित ती क्यासिनोको मुद्दा हाल सर्वोच्चको संवैधानिक इजलासमा पेसी चढ्दै हेर्न नभ्याउने सूचीमा राखिने गरिएको छ । क्यासिनो संचालक किशोर सिलवालहरूको योजनामै उक्त मुद्दा संवैधानिक इजलासमा लगी बर्षौसम्म लट्काइएको छ ।

 बक्यौता समेत नतिरी क्यासिनो नियमावली अनुसार दर्ता पनि नगरी क्यासिनो संचालन गर्नेहरूले अदालतको अन्तरिम आदेशकै सहारा लिने गरेका छन् । अन्तरिम आदेश राजस्व नतिर्ने अस्त्र भएको छ । यसरी देशलाई अरबौं रकम राजस्व अन्तरिम आदेश देखाएर क्यासिनोले नतिरी राज्यको कानुनलाई चुनौती दिएका छन् । 

याक एण्ड यति होटलकै अग्रसरतामा 
क्यासिनो ६ सय मजदूर निकालिंदै

यसैबीच, क्यासिनो रोयलका ६ सय मजदुरलाई होटल याक एण्ड यतिले श्रम ऐन विपरीत अन्यायपूर्ण रुपमा निस्कासन गर्न लागेको छ । गिल्ट इन्भेष्टमेन्ट प्रालि द्वारा संचालित रोयल क्यासिनोमा २७ बर्षदेखि कार्यरत मजदूरहरूलाई ७५ महिनाको संचयकोष, उपदान र सामाजिक सुरक्षा कोषको रकम समेत नदिई निस्कासन गर्ने तयारीमा होटल याक एण्ड यतिका संचालक लागेका लागेको खबर छ ।

होटलले क्यासिनो रोयलको संचालन गर्ने कम्पनी गिल्ट इन्भेष्टमेन्ट प्रालिलाई ठाउँ छाड्न निर्देशन दिंदा ६ सय मजदूरहरूले पाउनुपर्ने २५ करोड रुपैयाँ नपाउने अवस्था सृजना भएको छ । यसरी होटलले गिल्टलाई ठाउँ छाड्न सूचना दिएर अर्कै कम्पनीलाई क्यासिनो संचालन गर्न दिने र मजदूहरूलाई भने निस्कासन गर्न लागिएको छ । पाउनुपर्ने सुविधा समेत नदिई मजदूरहरूलाई निस्कासन गर्न याक एण्ड यति होटलका संचालक राधेश्याम सर्राफ र अर्जुन सर्राफ लागेको गुनासो मजदूरहरूको रहेको छ । क्यासिनो रोयलका संचालक गोकर्ण लामिछाने मजदूरहरूको सम्पर्कमै नआएको र होटलले गिल्ट इन्भेष्टमेन्टलाई ठाउँ छाड्न आदेश दिएको भन्दै आएको छ । तर, मारमा २७ बर्षदेखि कार्यरत मजदूर पर्दैछन् । 

 होटल याक एण्ड यतिले क्यासिनो बेल्लिजका संचालक ज्ञानेन्द्र श्रेष्ठसँग मिलेर क्यासिनो परिसरमा गुण्डाहरूको हुल नै बोलाएर मजदूरहरूलाई त्रसित र भयभीत पार्दैआएको गुनासो मजदूरहरूको रहेको छ । अन्यायमा परेका मजदूहरूलाई तह लाउन प्रहरीसमेत परिचालन गरिएको छ । श्रीलंकन ब्यवसायीलाई क्यासिनो बेल्लिजमा लगानी गर्न लगाएर पछि एक रुपैयाँ पनि नदिई लखेटेका ज्ञानेन्द्र श्रेष्ठ थुप्रै मुद्दा लागेर विदेश पलायन भएका थिए ।

तर, तत्कालीन महानगरीय आयुक्त जयबहादुर चन्द र काठमाडौंका एसएसपी विश्वराज पोखरेललाई प्रभावमा पारी उनले प्रहरी रिपोर्ट लिएर श्रीलंकनलाई साझेदार बनाई बेल्लिज क्यासिनो संचालन गरेका थिए । तर, पछि श्रीलंकनलाई निकालेर क्यासिनो एक्लौटी कब्जा गरेका छन् । अहिले रोयल क्यासिनोमा पनि आफ्नो लगानी छ भन्दै उनी हुल नै लिएर मजदूर तर्साउन र निकाल्ने कार्यमा लागेको आरोप छ ।  

 क्यासिनो रोयलका मजदूरहरूको संचयकोष, उपदान र सामाजिक सुरक्षा कोषको २५ करोड रुपैयाँ बाँकी छ । तर, क्यासिनो संचालन गर्ने कम्पनीलाई ठाउँ छाड्न सूचना दिइएको छ । क्यासिनो संचालक सम्पर्कविहीन छन् । यही मौकामा सुविधा समेत नदिई मजदूरलाई क्यासिनो छाड्न होटल संचालक सर्राफले चेतावनी दिइरहेका छन् ।  जसको बिरोधमा क्यासिनो रोयलमा कार्यरत मजदूहरू उत्रिएपछि क्यासिनो बेल्लिजका संचालक ज्ञानेन्द्र श्रेष्ठ भनिने बाबाको नेतृत्वमा गुण्डा बोलाएर मजदूरहरूमाथि आक्रमण नै गर्नसमेत लाउने योजना सर्राफले गरेको पीडित मजदूरहरूको गुनासो छ ।

 
मजदूरहरूले पाउनुपर्ने उक्त सुविधा नदिई गुण्डागर्दी गरी निस्कासन गर्ने षडयन्त्रमा सर्राफ र क्यासिनो रोयलका संचालक गोकर्ण लामिछाने लागेको गुनासो मजदूरहरूको छ । मजदूहरूले उनीसँग भेट्न खोज्दा उनी सम्पर्कमा आएका छैनन् । याक एण्ड यति होटलका संचालक सर्राफले क्यासिनोको जग्गा अर्कैलाई दिनका लागि ६ सय मजदूरको बिचल्ली पार्न लागेका छन् ।  

होटल संचालक सर्राफ र क्यासिनोका लामिछानेले होटल परिसरमा गुण्डा र प्रहरीलाई तैनाथ गरी मजदूरलाई बिरोधमा उत्रनै नदिने रणनीति अंगिकार गरेका छन् । रोयल क्यासिनोमा ३ सय ४३ नियमित तथा स्थायी २ सय करार तथा अस्थायी कर्मचारी छन् । यी मजदूर नेपाल रिक्रियसन सेन्टरका तत्कालीन संचालक आरडी टटल र राकेश बादवाले क्यासिनो संचालन गर्दादेखिकै काम गर्दैआएका छन् ।

रिक्रियसनले संचालन गर्न नसक्ने भएपछि मजदूरहरूको उपदान, संचयकोषलगायतका रकम तथा सेवावधिसमेत जोडिनेगरी तत्कालीन श्रम ऐन २०४८ को दफा ८ अनुसार स्वामित्व परिवर्तनले श्रमिकको दायित्वमा असर नपर्नेगरी कानूनी ब्यवस्था गरेको थियो । र, त्यही ब्यवस्था अनुसार श्रमिकहरू पहिलेदेखिकै रहे, संचालक कम्पनी परिवर्तन भएको थियो । सन् २०१० फ्रेबुअरी ६ देखि गिल्ट इन्भेष्टमेन्ट प्रालिले मजदुरहरूको साविककै पारिश्रमिक सेवा सुविधा समेत बहन गर्नेगरी क्यासिनो रोयल संचालन गर्दैआएको छ । 

क्यासिनो रोयलको संचालन गर्ने मुख्य जिम्मेवारी र लाइसेन्स होटल याक एण्ड यतिको भएको र उसले गिल्ट इन्भेष्टमेन्टसँग सम्झौता गरी मजदुरलाई काममा लगाएको भनाइ कर्मचारीको छ । 

सन् २०१० फ्रेबुअरी ६ देखि गिल्ट इन्भेष्टमेन्टको मातहतमा रही करिब दस बर्ष काम गरेको र अब यसपछि यसै कम्पनी वा अरु कुनै कम्पनीमार्फत् नै काम गरे गराएमा समेत श्रम ऐन २०४८ को दफा ८ तथा श्रम ऐन २०७४ को दफा १४ बमोजिम स्वामित्व परिवर्तनले श्रमिकहरूको सेवा सर्त र सुविधामा कुनै प्रतिकूल असर नपर्ने कुरा निर्विवाद रहेकोबारेमा पनि होटल ब्यवस्थापनको ध्यानाकर्षण क्यासिनो रोयलका ट्रेड युनियनले गराइसकेका छन् । 

मजदूरहरूको हालसम्म पाउनुपर्ने करिब २५ करोड रकम गिल्ट इन्भेष्टमेन्ट र होट याक एण्ड यति दुवैबाट एकीन गर्न लगाई  भुक्तानीको ब्यवस्था गराउन माग गर्दै श्रम तथा रोजगार कार्यालयमा हालै निवेदन दर्ता भएको छ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा ब्यवसायजन्य स्वास्थ्य विभाग, सामजिक सुरक्षाकोष, होटल याक एण्ड यति, गिल्ट इन्भेष्टमेन्ट प्रालि, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटन मन्त्रालय र पर्यटन विभागलाई अनुरोध गरिएको छ ।

क्यासिनो रोयलमा यसअघि भारतीय नागरिक आशिष पटेल लगानीकर्ताका रुपमा आए । उनले बैधानिक तबरबाट लगानी भित्र्याउन नसकेपछि क्यासिनोकै मजदूर जयन्ती थापाको नाममा क्यासिनोको सेयर राखे । पछि नक्कली भारतीय नोटको धन्दा गर्ने सुनिल रायमाझी, माइला भन्ने बेदप्रसाद काप्रीहरूले जयन्तीलाई उचालेर पटेललाई लगानी समेत फिर्ता नदिई क्यासिनोबाट हटाए । उनी रुवाबासी गर्दै विभिन्न निकाय धाए पनि न्याय पाउन सकेनन् ।

त्यसपछि रायमाझीहरूले जयन्ती थापाका विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी हाले । उजुरी परेपछि जयन्तीलाई उक्त उजुरी मिलाउन विभागका तत्कालीन एसपी प्रकाश रानाभाटलाई ५० लाख भन्दा बढी दिएको देखाएर त्रास देखाई क्यासिनो हड्पेको स्रोत बताउँछ ।