🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पिर्काले हानेर पूर्वसचिवकी श्रीमतीको हत्या गरिएको आशङ्का

काठमाडौँ, २७ माघ (रासस) :  नेपाल प्रहरीले पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या भएको आशङ्का गरेको छ । प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतका अनुसार उहाँको हत्या भएको आशङ्कामा घरको सिसीटिभी फुटेजलगायत अन्य प्रमाणको अनुसन्धान भइरहेको छ ।

    ललितपुरको सानेपास्थित आफ्नै घरको भान्साकोठामा बिहान अचेत अवस्थामा भेटिनुभएकी कार्कीको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो । उहाँको टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको हो । चिकित्सकका अनुसार घाँटी र हातमासमेत नीलडाम भेटिएको छ । घटनाका समयमा पूर्वसचिव कार्की ‘मर्निङवाक’मा निस्कनुभएको थियो ।

    सोही घरमा कामदारका रूपमा बसेका विजय चौधरी भने घरको ‘डाइनिङ’ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानमा उहाँको हत्यामा स्वयं चौधरीको संलग्नता देखिएको जनाइएको छ । घटना घटाएर उनले आत्महत्या गरेको अनुमान छ तर प्रहरीले घटनाको औपचारिक जानकारी गराएको छैन ।

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनाको अनुसन्धान भइरहेकाले त्यसको प्रतिवेदनका आधारमा मात्रै यकिन कारण भन्न सकिने जानकारी दिनुभयो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा कार्कीले दुवै  शव परीक्षणका लागि पाटन अस्पतालमा पठाइएको र सिसी क्यामेराको फुटेजलगायत अन्य प्रमाण सङ्कलन गरेर फोरेन्सिक ल्याबमा परीक्षण भइरहेको जानकारी दिनुभयो । अनुसन्धान अधिकृतका अनुसार मुनालाई शुरुमा लछारपछार गरी लढाएर पिर्काले हानेको देखिएको छ । 
(फाेटाे  :  फेसबुकबाट )