🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालले दियो ओमानलाई २५० रनको लक्ष्य

काठमाडौँ २६ माघ  : नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा ओमानलाई जीतका लागि २५० रनको लक्ष्य दिएको छ ।

 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २४९ रनको योगफल बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७६ बलमा छ चौका र एक छक्का प्रहार गर्दैै ५६ रनको योगदान दिएका हुन् ।

    
त्यसैगरी पारस खड्काले ३८ रन जोडे भने विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८÷२८ रन जोड्दै बाहिरिए । त्यस्तै सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए । डेब्यु खेलाडी कमलसिंह ऐरी नौ रनमा अविजित रहे । 

 बलिङतर्फ ओमानका अकिब इलासले चार विकेट लिए भने मोहमद नदिमले तीन विकेट झारे । नेपाल पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको थियो । त्यसैको बदला लिने नेपाललाई आज अवसरसमेत छ । माघ २५ गते  भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरको थियो । ओमन अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस