🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एकै परिवारका चार भारतीयको मृत्यु

रुपन्देही, १६ माघ : आफैंले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ । कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २६ वर्षीया सद्धाव खातुन, दुई वर्षीया छोरी सहिना खातुन र छ वर्षीय छोरा सुल्तान रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव ज्ञवालीले जानकारी दिनुभयो ।

 
सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी पिपरहियामा भाडामा बस्दै आएका उनीहरुले आफैँले सङ्कलन गरेर राखेको बोराको थुप्रो पल्टिँदा खाटमा सुतेका उनीहरुको निस्सिएर मृत्यु भएको प्रहरी निरीक्षक ज्ञवालीले बताउनुभयो । मृतक चारैलाई आज बिहान मृतावस्थामा फेला पारिएको थियो । उनीहरुको शव परीक्षणका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।