🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

४७ बोरा सूर्ती बरामद

सुरुङ्गा, माघ १५ । इलाका प्रहरी कार्यालय राजगढले ४७ बोरा सुर्ती बरामद गरेको छ । इलाका प्रहरी कार्यालय राजगढका प्रमुख दीर्घ राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले आज बाह्रदशी गाउँपालिका–२ मा वेवारिसे अवस्थामा रहेको ४७ बोरा सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

     
    बरामद गरिएको सुर्ती रु दुई लाख ५० हजार मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । बरामद गरिएको सुर्ती मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
     

    उता इलाका प्रहरी कार्यालय झिलझिलेले चार केजी गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका–१ निवासी अकालु साह रहेका छन् । प्रहरीले साहको घरबाट रु १४ हजार ६४८ नगद र एक थान चिलिमसमेत बरामद गरेको बताइएको छ ।