🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वदेश तथा विदेशमा सामुहिक यात्रामा ननिस्कन चीनको निर्देशन

बेइजिङ, ११ माघ : स्वदेश तथा विदेशमा सामुहिक यात्रा रोक्न चीनले आफ्ना नागरिकलाई निर्देशन गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन् ।

चिनियाँ समाचार संस्था सीसीटीभीले जनाएअनुसार सरकारले आगामी सोमबार देखि लागु हुनेगरी स्वदेश तथा विदेश यात्रामा निस्कन रोक लगाउने तयारी गरेको छ ।

कोरोना भाइरसका कारण ज्वरो आउने तथा श्वासप्रश्वासमा जटिल समस्या देखिने नयाँ रोगको प्रतिरोध गरिरहेको चीनले रोगलाई फैलिन नदिन यो नीति अवलम्बन गर्न लागेको बताइएको छ । 

कोरोना भाइसरका कारण चीनमा कम्तीमा एक हजार ३०० व्यक्तिले उपचार सेवा लिइरहेको चीनले बताएको छ । यद्यपि यो सङ्ख्या चीनले भनेकोभन्दा निकै धेरै हुनसक्ने विश्व स्वास्थ्य संगठन लगायत स्वास्थ्य सेवामा कार्यरत अन्तर्राट्रिय संघसंस्थाले अनुमान गरेका छन् ।

चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेका समय चीनले अति आवश्यक अवस्थामा बाहेक आन्तरिक यात्रामा ननिस्कन शुक्रबारदेखि नै निर्देशन गरेको छ । सरकारले नयाँ वर्षको अवसरमा गरिने ठूला भोज तथा फजुल सामुहिक सभा सम्मेलनका कार्यक्रम नगर्न आग्रह गरिसकेको छ । (रासस÷एएफपी)